फिक्कल ।इलामको सूर्योदय नगरपालिका–१० फिक्कलबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिक्कलले मकवानपुर घर भई सुर्योदय– १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्योदय नगरपालिका– १० कै ४० बर्षीय मनराज तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १७० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।