इलाममा भेटियो दुर्लभ प्रजातिको कालो चितुवा( भिडियो सहित)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

  

इलामको सूर्योदय नगरपालिका–२, बागबिरेमा स्थानीय टंक काफ्लेको बाख्राको गोठभित्र कालो चितुवा देखिएको छ। राति गोठमा पसेर दुईवटा माउ बाख्रा र एउटा पाठी खाएको अवस्थामा चितुवा गोठमै भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र साहका अनुसार बाहिरी अवलोकनमा यो दुर्लभ प्रजातिको कालो चितुवा जस्तो देखिएको छ। तर, आधिकारिक रूपमा पुष्टि हुन अझै बाँकी रहेको उनको भनाइ छ। ‘अहिले तत्काल भन्न सकिन्न, विशेषज्ञ टोली आएपछि मात्र यकिन हुन्छ,’ उनले भने।

चितुवाको उद्धार र प्रजाति पहिचानका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली इलाम आउँदैछ। यसअघि नेपालमा यस्तो कालो चितुवा काभ्रेपलाञ्चोकमा मात्रै भेटिएको जानकारी डिभिजन कार्यालयले दिएको छ।

सूर्योदय, माइजोगमाई र सन्दकपुर क्षेत्रका बासिन्दा लामो समयदेखि वन्यजन्तुका आक्रमणका कारण घरपालुवा जनावर गुमाउँदै आएका छन्। वडाध्यक्ष डिकबहादुर बम्जनका अनुसार वन्यजन्तु बस्तीमै पस्न थालेपछि जनसुरक्षामा पनि त्रास बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *