इलामको चियाबारीमा भलिबल प्रतियोगिता सन्चालन हुदैं

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 ईलाम ।खेलकुदलाई प्रोत्साहन र स्थानीय कला–संस्कृति संरक्षणका उद्देश्यले  गढीथुम्का मिनी मेलाको अवसरमा भदौ १८ गतेबाट ईलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।  मिनी मेला आयोजक समितिको आयोजनामा हुने प्रतियोगितको विजेता टिमले नगद रु. ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।
उपविजेताले नगद रु. ३० हजारसहित ट्रफी र मेडल हात पार्नेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले भदौ १२ गतेसम्म दर्ता गर्नुपर्नेछ । दर्ता शुल्क रु. ५ हजार तोकिएको छ । खेल इलामको चियाबारी घलेटारमा हुनेछ । आयोजक समितिका अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभी) को नियमअनुसार हुनेछ ।
प्रत्येक टिममा १० खेलाडी र एक टिम म्यानेजर अनिवार्य रहनेछ । प्रतियोगिता र मेलाबाट इलाममा खेलकुदसँगै स्थानीय संस्कृति र पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने आयोजक समितिका हरि गुरुङले  जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *