✍गोबिन्द पौडेल
राेङ गाउँपालिकामा ६ मा रहेकाे एक स्वास्थ्य संस्थालाई एक बिदेशी संस्थावाट अढाई लाख बराबरकाे सहयाेग हस्तान्तरण गरिएकाे छ । राेङ ६ मा रहेकाे रम्भ्याङ आधारभूत स्वास्थ्य ईकाईलाई भाैतिक पूर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख बरावरकाे सहयाेग आज एक कार्यक्रम बीच हस्तान्तरण गरिएकाे हाे । नमुना बिकास केन्द्रकाे ब्यवस्थापनमा spendedirekt स्पेन्ड डिरिक नामक बिदेशी सस्थावाट स्वास्थ्य सस्थामा आवश्यक पर्ने आधारभूत सामाग्रीहरु साथै स्वास्थ्य केन्द्र काे भवनमा,सिलिङ पाटिसन लगायतकाे काम गरेर सहयाेग गरिदिएकाे हाे ।राेङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णु माया खवासकाे विशेष आतिथ्यतामा भएकाे सहयाेग हस्तानतरण कार्यक्रमा वाेल्दै अध्यक्ष स्याङ्वाेले गाउँ पालिकाले पालिकाे चाैतर्फी अभावका कुराहरु देखेपनि सिमित साधन र श्राेतकाे कारण पूरा गर्न नसकेकाे अवस्थामा यस्ता सहयाेगले पालिकालाई सहयाेग पुगेकाे वताए । राेङ गाउँपालिकाकाे स्वास्थ संस्थाहरुमध्ये सेवाग्राहीहरुकाे निकै चाप रहने रम्भ्याङ आधारभूत ईकाईकाे बिकासमा गाउँपालिका लागिरहने भन्दै सहयाेगी र सहजीकरण गर्ने सबैमा गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताइन । अभावै अभावमा रहेकाे स्वास्थ्य संस्थामा दाताकाे सहयाेगले काममा सहज हुने स्वास्थ्य शाखा प्रमुख दिपक खतिवडाले बताए । दाताहरुवाट प्राप्त सहयाेगबाट स्थानीय नागरिक र सेवाग्राही हरुलाई अधिक लाभ मिलाेस भनेर दुर्गम काे स्वास्थ्य सुधारमा सहयाेगी हुने बिश्वासले सहयाेग गरिएकाे दाता सहजकर्ता एव नमुना बिकास केन्द्रका काेषाध्यक्ष रुद्र प्रधानकाे भनाई रहेकाे छ ।