एचकेआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित मैले गाउने गीतहरुमा” शुक्रबार सार्वजनिक गरिएको छ ।
यस गीतमा हालकी चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर समावेश छ। गीतलाई मौसम परिवर्तन याकथुङ्बाले रचना गर्नुभएको हो भने संगीत दिपराजले गर्नुभएको छ ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा माइजोगमाइका नवीन सुवेदी र रोङकी दीक्षा भुजेलको अभिनय रहेको । म्युजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन हिकस राईले गर्नुभएको हो।
एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिनेछ। भिडियोमा रोङको किराँतपार्क र सुर्योदयको सिमपानी लगायतका पर्यटकीय स्थलहरुको सुन्दर दृश्यहरुले दर्शकहरुको मन जित्नृे विश्वास गरिएको छ।