शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका सङ्घ–सङ्गठनलाई मान्यता नदिने भएको छ ।
शिक्षा मन्त्री महावीर पुनले  विज्ञप्ति निकालेर राजनीतिक दलका भ्रातृ सङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका सङ्घ–सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने जानकारी गराएका हुन  । उनले शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने चेतावनीसमेत दिएका छन्  ।
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नरहेको मन्त्री पुनको दाबी छ । शिक्षक तथा कर्मचारीको पेसागत हकहितका साथै संविधानप्रदत्त हक–अधिकार अभ्यासको सधैँ सम्मान गर्ने भन्दै मन्त्री पुनले सङ्घ–सङ्गठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउन आह्वान गरेका छन् ।
मन्त्री पुनले विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा कानून अनुसार कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *