एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ ।
त्यहाँको एक अदालतले उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेको बताइएको छ ।
आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो ।