प्नधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई “कम्युनिष्ट योद्धा सम्मान” प्रदान गरेका छन्।
स्थापना दिवसको अवसरमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा)लाई सो सम्मान प्रदान गरेका हुन्।
त्यस अवसरमा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टी नेताहरुको संघर्षमा आधारित पुस्तक ‘सेल्टर’ को समेत विमोचन गरिएको थियो।