हनुमान जन्मोत्सवमा झडपपछि वीरगञ्जमा कर्फ्यू आइतबार दिउँसो १२ बजेसम्म कायम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पर्सा — पर्सा जिल्ला प्रशासन कार्यालयले हनुमान जन्मोत्सवको अवसरमा उत्पन्न तनावका कारण वीरगञ्जमा जारी गरेको कर्फ्यू आइतबार दिउँसो १२ बजेसम्म कायम रहने जनाएको छ।

शनिबार साँझ छपकैयाँ क्षेत्रमा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न तनावका कारण साँझ साढे ६ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, शान्ति सुरक्षा र अमनचयन कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार कर्फ्यू जारी गरिएको हो। कर्फ्यू अवधिमा तोकिएको क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन।

कर्फ्यू लागू हुने क्षेत्रहरू यसप्रकार छन्:

  • पूर्व: भेडियाही चौक (वीरगञ्ज–१५)

  • पश्चिम: सिर्सिया पुल (वीरगञ्ज–२५)

  • उत्तर: गण्डक चौकदेखि वीरगञ्ज–१४

  • दक्षिण: शङ्कराचार्य गेट (वीरगञ्ज–१६)

शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई पक्षबीच झडप भएको थियो। प्रशासनले थप हिंसा र अवाञ्छित गतिविधि रोक्न कर्फ्यू आदेश जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *