खुकुरी प्रहार गरि जेठी सासुको हत्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलामको माई नगरपालिका–४ सिंजालीटारमा ज्वाईंले खुकुरी प्रहार गरी आफ्नी जेठी सासुको हत्या गरेका छन्।

शुक्रबार साँझ ७ बजेतिर छिमेकीकोमा दूध लिन जाँदै गरेकी ५२ वर्षीया भुमिका चापागाईंलाई उनकै वहिनी ज्वाईं शान्तिराम दुलालले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

कञ्चट र घाँटीमा गहिरो चोट लागेकी चापागाईंलाई उपचारका लागि माई अस्पताल हुँदै विर्तामोडस्थित वि एण्ड सी अस्पताल ल्याइए पनि राति १०:२५ बजे मृत्यु भएको अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिए।

हत्या आरोपी दुलाल हाल माई–४ शुक्रबारे घर भई सिंजाली–कार्कीटार आसपास बस्दै आएका थिए। उनीसँग उनकी श्रीमती गीता चापागाईंको माना, चामल र अंशसम्बन्धी मुद्दा जिल्ला अदालतमा चलिरहेको छ। केही समयअघि अदालत परिसरमै मृतक भुमिकासँग विवाद भएको थियो भने उनलाई अभद्र व्यवहार गरेको भन्दै मुद्दा पनि दर्ता गरिएको थियो।

प्रहरीले दुलाललाई फरार अभियुक्तका रूपमा खोजी गरिरहेको थियो। घटनालाई प्रतिशोधको रूपमा लिइएको हुन सक्ने अनुमान गरिएको छ।

शुक्रबार साँझ नै उनलाई इलामको लोदिया प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको प्रहरी हवल्दार श्याम बजगाईंले जानकारी दिए।

अविवाहित रहेकी मृतक चापागाईं आमा सँगै बस्दै उनको हेरचाह गर्दै आइरहेकी थिइन्।

हाल मृतकको शव विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा राखिएको छ भने शनिवार प्रदेशिक अस्पताल भद्रपुर, झापामा पोष्टमार्टम गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *