स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ ।
स्वास्थ्य बिमा बोर्डका शाखा अधिकृत झलकराज जोशीले साउन १ गतेबाट सामुदायिक तथा निजी स्वास्थ्य संस्था प्रथम सेवा विन्दुको रूपमा नरहने जानकारी दिए ।
स्वास्थ्य बिमा ऐन, २०७४ (दोस्रो संशोधन)को दफा ९ को उपदफा ९६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन)को नियम २ को खण्ड (छ) ले प्रथम विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकोले उक्त निर्णय गरेको उनले बताए।
यसअघि कतिपय सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरू स्वास्थ्य बिमा बोर्डको प्रथम सेवा विन्दु तोकिएर सेवा दिँदै आएका थियो । यो निर्णयसँगै अब प्रथम सेवा विन्दु सरकारी अस्पताल हुने छन् ।