स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) को लहर उत्साहजनक : प्रचण्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर उत्साहजनक रहेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै उनले कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै अखिल (क्रान्तिकारी) ले देशभर राम्रो नतिजा हासिल गरेको उल्लेख गरे।

उनले स्ववियु निर्वाचनको नतिजाले भ्रष्टाचार र बेथितिविरुद्धको आफ्नो अभियानमा सचेत एवं बौद्धिक युवा वर्गको साथ रहेको पुष्टि भएको दाबी गरे। प्रचण्डले स्ववियु निर्वाचनका विजयी उम्मेदवारहरूलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *