ईलाम।इलाम नगरपालिका–१२मा ससुराले बञ्चरो प्रहार गरेर गम्भीर घाइते बनाएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार स्थानीय ८८ वर्षे अम्बरसिंह लिम्बूको प्रहारबाट ५० वर्षे कृष्ण जबेगू घाइते भएका हुन् । उनको अवस्था गम्भीर रहेको जनाएको छ ।
कृष्ण लामो समययता ससुरालीमै बस्दैथिए । बञ्चराको पासो प्रहार गरि अचेत भएका उनलाई इलाममा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको बताईएको छ।
अम्बरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झगडा भएपछि अम्बरसिंहले कृष्णलाई हतियार प्रहार गरेको डिएसपी मानबहादुर राईले जानकारी दिए।