सप्तकोशी नदीमा डुबेर मामाभान्जा बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुनसरी । बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन्।

आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला सप्तकोशीमा डुबेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार बराहक्षेत्र–१ स्थित नदीमा नुहाउँदा जेनिस अचानक बग्न थालेपछि उनलाई बचाउन खसेका मामा नवराज पनि डुबेर बेपत्ता भएका हुन्।

घटनापछि गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता दुवै जनाको खोजी कार्य जारी राखेको डीएसपी खतिवडाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *