वीरगञ्जमा लामखुट्टेको त्रास बढ्दो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

वीरगञ्ज, चैत ३ – औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा लामखुट्टेको आतंकले सर्वसाधारण हैरान भएका छन्। गर्मी मौसमको सुरुवातसँगै लामखुट्टेको प्रकोप बढ्दै गएको छ, जसले बिहान र साँझको समय निकै कष्टकर बनाएको छ।

होलीको बिदाका कारण फोहर व्यवस्थापन प्रभावित हुँदा नगरका भित्री सडकमा फोहोर थुप्रिएको छ, जसले लामखुट्टेको वृद्धि अझ तीव्र बनाएको स्थानीयको गुनासो छ। मिनाबजारका व्यापारी परशुराम तेली भन्छन्, “साँझ र बिहान बाहिर बस्नै सकिँदैन, तर महानगर बेवास्ता गरिरहेको छ।”

यस्तै, बिर्ताका राकेश झा लामखुट्टेको बढ्दो प्रभावप्रति आक्रोशित छन्। “वीरगञ्जको नाला खुला भएकाले लामखुट्टे झन् बढेका छन्। स्वच्छ शहरको कुरा गर्नेहरू कहाँ हराए?” उनले प्रश्न गरे।

डेङ्गी, मलेरिया जस्ता रोग फैलिने जोखिम बढेको अवस्थामा वीरगञ्ज महानगरपालिकाले आइतबारदेखि ३२ वटै वडामा लामखुट्टे नियन्त्रण अभियान सुरु गर्ने जनाएको छ। सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँका अनुसार नालामा लार्भा मार्ने पम्प स्प्रे र बेलुका एयर स्प्रे गर्ने तालिका बनाइएको छ।

यद्यपि, नगरवासीले महानगरको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अब हेर्न बाँकी छ, घोषित अभियान प्रभावकारी हुन्छ वा समस्या यथावत् रहन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *