विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दसौं महाधिवेशन विराटनगरमा जारी छ। आइतबारदेखि सुरू भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
यसै क्रममा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ, जसमा मतदानको समय उल्लेख गरिएको छैन। तर, उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ।
चौतारीको अध्यक्ष पदका उम्मेदवारले ३५ हजार रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, पदाधिकारी पदका लागि २५ हजार, आयोगका अध्यक्षका लागि १५ हजार, तथा केन्द्रीय सदस्य र आयोगका सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
निर्वाचन कार्यक्रम विराटनगरको होटल मनास्लुमा आयोजना गरिएको छ। निर्वाचन परिणाम अपराह्न ४:३० बजे घोषणा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।