बेहोस अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

वेदकोट नगरपालिका–३ स्थित बेतकोट ताल नजिकैको जंगलमा बेहोस अवस्थामा फेला परेका सोही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक विष्टको उपचारका क्रममा मृत्यु भएको छ।
विष्ट बुधवार  अचेत अवस्थामा फेला परेका थिए।
स्थानीयवासीले जंगलमा अचेत अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्‍याइएका थिए ।

अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा विष सेवन गरिएको भेटिएको  छ।
हाल प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *