युद्धविरामको खुसीयालीमा पाकिस्तानमा मिठाइ बाडेर खुसी साटियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारत र पाकिस्तानबीच लामो समयदेखि जारी सैन्य तनाव र घातक हवाई, मिसाइल, ड्रोन तथा तोप हमलापछि शनिबार पूर्ण र तत्काल युद्धविरामको घोषणासँगै पाकिस्तानमा खुुसी छाएको छ।

युद्धविरामको घोषणासँगै पाकिस्तानको मुल्तानमा सर्वसाधारणले मिठाइ बाँडेर खुसीयाली मनाएका छन्। सडकमा उभिएर एकअर्कालाई मिठाइ खुवाउँदै स्थानीयले शान्तिको सन्देश फैलाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गर्दै दुवै देशलाई “विवेक र बुद्धिमत्तापूर्ण निर्णय” गरेकोमा बधाई दिएका थिए।

“मध्यस्थतापूर्ण वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्। दुवै देशलाई बधाई,” ट्रम्पले सामाजिक संजालमा भनेका थिए।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू हुने पुष्टि गर्दै भने, “पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध छ, तर आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता गर्दैन।”

भारतका विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविरामको पुष्टि गर्दै शनिबार दिउँसो ३:३५ बजे पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले भारतीय डीजीएमओसँग सम्पर्क गरी साँझ ५ बजेदेखि स्थल, समुद्र र आकाशमा सम्पूर्ण सैन्य कारबाही रोक्ने सहमति भएको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *