मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाममा एकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलामका एक व्यक्तिको शनिवार मृत्यु भएको छ। माई नगरपालिका वडा नम्बर-८ लालखोला इलामका ४६ बर्षिय मदन राईको शनिवार विहान अन्दाजी साढे नौ  वजे मोवाएल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  हो। घरमा एक्लै रहेको समयमा मोवाइल चार्जमा राखि चलाउदै गर्दा विद्युट सर्ट भई मोवाइल पड्किएर करेन्ट लागेको थियो ।

आफ्नै छातिमा मोवाइल रहेको अवस्थामा परिवारका सदस्यले दिउँसो ११ बजे देखेको नेकपा माओवादी माई नगर कमिटी सचिव मदन लोक्तामले जानकारी दिए ।  शुक्रबार साँझदेखि बिद्युत अवरुद्ध रहेको माई नगरपालिकामा शनिवार विहान ९ बजे मात्र भोल्टेज घटवढ हुँदै बिधुत आएको थियो। मृतक राई नेकपा माओवादी माई नगर कमिटी सदस्य रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *