कांग्रेस सांसद माया राई पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । भोजपुर स्थायी घर भएकी उनी कांग्रेसकी समानुपातिक सांसद बनेकी हुन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् । उनलाइ पार्टीको स‌ंरक्षण रहेको अभियोग लाग्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *