महिला संघका २० जना केन्द्रीय सदस्य द्वारा सामूहिक राजीनामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेस निकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले संगठनको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्।

नेतृत्वले संगठनको विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संघको प्रगतिलाई उपेक्षा गरेको आरोप लगाउँदै उनीहरूले राजीनामा पत्रमा यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्।

राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रिता शाही, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, डा. सिता घिमिरे, रञ्जिता गिरी, भगवती केसी लगायत २० जना सदस्य रहेका छन्। उनीहरू शेखर–गगन पक्षका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *