मन्दिरमा पिसाब छर्कको अभियोगमा महिला पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्‍वर मन्दिरमा पिसाब छर्केको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौलालाइ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार गत पुस २६ गते मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले बोतलमा पिसाब लिएर आई आदेश्‍वर मन्दिर भित्रको मूर्ति समेतमा पिसाब फाली फरार भएको निवेदन प्राप्त भएको थियो । सोभन्दा पछि पनि गर्तौलाले फागुन २१ गते सोही आदेश्‍वर मन्दिरमा आई पिसाब छर्केको खुलेको थियो ।

उनले नागार्जुन नगरपालिका-५ स्थित चुण्डेश्‍वर मन्दिर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर फोहोर तथा दूषित कार्य गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने क्रममा गर्तौलालाई चैत २१ गते दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतल साथमा लिई आदेश्‍वर मन्दिरमा आएको अवस्थामा पक्राउ गरिएको हो । उनीमाथि ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थप गरेर थप अनुसन्धान कार्य भइरहेको छ ।

उनले  २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको प्रारम्भिक अनुसन्धानमा  खुलेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *