हेमन्त कान्छा रसाइली र देवी घर्तीको नयाँ गीत सार्वजनिक भिडियो सहित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गायक तथा सङ्गीतकार हेमन्त कान्छा रसाइलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिदाइको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यसहितको भिडियोमा गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाइली र गायिका देवीघर्तीको स्वर सुन्न सकिन्छ ।

राजकुमार बगरका शब्द सिर्जना यस गीतमा मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतले गरेका छन । गायक स्वय‌‌को सङ्गीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्वय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनय प्रस्तुत  गरेका छन् ।

भिडियोमा जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाशङ्करको मेहनतल रहेको

छ । करण चैरसियाको छायाङ्कन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक रसाइलीले युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *