मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल : विद्यादेवी भण्डारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको गुनासो गरेकी छन ।

आज  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकार सफल रहेको बताइन्

‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको सरकार सामाजिक न्याय,  सुशासन, पारदर्शीता र समावेशीताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । त्यस सरकारले अघि सारेका आफ्नो गाउँ आफै बनाउ, जेष्ठ नागरिकहरुको लागि सम्मान स्वरुप वृद्धभत्ता जस्ता कार्यक्रमले राष्ट्र निमार्णमा  सफल भएको थियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले पाइरहेको छ भन्दा अतिसयुक्ति नहोला ।’उनले भनिन्

उनले जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माणका लागि मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार हुनुपर्ने बताइन् ।

‘मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार भएका नेताबाट प्रेरणा लिई मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका दिशामा हामी सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ । यसले एकातिर कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्ने आधार तयार गर्छ भने अर्कातिर जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण हुनेछ ।’ भण्डारीले भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *