श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमातीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमतिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरका ६० वर्षका भगवती शर्मा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ९ बजेतिर शर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए । श्रीमानको क्रिया बसेकी भगवतिको राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए ।

रेडक्रस दाङका पूर्व सभापति रहेका भगवतिको श्रीमान ८३ वर्षका नारायण आचार्यको गत वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएको थियो ।  नारायण र भगवतीको मृत्युपछि परीवार शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *