ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति   दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ बर्खास्त भएका छन् ।

 

प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका उनलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले बुधबार बर्खास्त गरेका हुन् ।

राज्यमन्त्री तामाङले   नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै  असन्तुष्टि पोख्दै आएका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *