बजेट नहुदा पनि बिकास

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गाेविन्द पाैडेल
राेङ
टाेेल बिकास समितिकाे गठन पछि स्थानीय आवश्यक्ताका कामहरु विनाबजेट नागरिहरुले निरन्तर गरिरहेका छन ।
सघिय शासन प्रणालीमा जनताकाे आवश्यक्ताहरु सहजै पूरा हुन्छ भन्ने अपेक्षा नागरिकले गरेकाे भएपनि आफ्नाे आवश्यक्ता बजेट विहिन रुपमै नागरिकले आफै गर्नु परेकाे छ ।
समाजमा श्रमदानकाे सस्कृति बिर्सदै गएकाे वेला राेङ ६ काे रम्भ्याङमा नवगठित थर्पु टाेलविकास समितिले हरेक शनिवारलाई श्रम शनिवार बनाएर टाेल भित्रका वाटाेहरु निरन्तर सरसफाई र मर्मत गर्ने गरेकाे कारण टाेलभित्रका सबै वाटाहरु सजिलाे बनेका छन् ।टाेलमा  स्थानिय सरकारले आवश्यक्ता अनुसार वाटाे निर्माण गरेपनि मर्मतकाे लागि बजेट ब्यवस्थापन  नगरेपछि टाेल समितिले नागरिकहरुकाे सहयाेगमा वाटाे मर्मत गर्न थालेकाे थर्पु टाेलबिकास समितिका अध्यक्ष युवराज आचार्यले बताए ।गाउँभित्र धेरै वाटाेहरु भएपछि काम गर्न सहज हाे ६ वटा उपसमिति बनाएर समुदायकाे घर र कार्यक्षेत्र समेत ताेकेकाे छ जसमा चौतारा टोलघर सङ्ख्या २६ सयोजक लोक बा प्रधान कार्यक्षेत्र – रोङ र सुर्योदयको सिमाना देखि चन्द्र बा गुरुङ को घर माथिको हेमपाइप सम्म बजार टोल घर सङ्ख्या ३१ सयोजक  सुवास चाम्लिङ कार्यक्षेत्र चन्द्र बा को घर छेउको हेमपाइप देखि बखत बा को घर नजिकको खोल्सी बजार बाट चाम्लिङ गाउँ हुँदै बालबिकास सम्म चौकोटे गाउँ टोल घरसङ्ख्या  २२मा संयोजक  बुद्ध वीर प्रधान कार्यक्षेत्र  चन्द्र बा गुरुङ को घर देखि चौकोटे तेललोके गाउँ हुँदै दल बा प्रधान सम्म र रुम्दली गाउँ सम्म  माथिल्लो वर डाँडा टोलघर सङ्ख्या १५ सयोजक श्याम प्रसाद आचार्य कार्यक्षेत्र  बालबिकास बाट माथिल्लो वर डाडा हुँदै धन बा प्रधान को घर र पानी ट्याङ्की बाट घुमेर टिकाराम को घर मुनि पेल्टिसेट गोलाइ आले ढुङ्गा टोल
घर सङ्ख्या २१सयोजक  ख्याम बा घिमिरे
कार्यक्षेत्र  आले ढुङ्गा बाट रिजाल गाउँ हुँदै जमान सिङ प्रधान को घर छेउको खनिउ गोलाइ बाट साबिक ५ को सिमाना सम्म
तल्लो बर डाँडा टोल घर सङ्ख्या १९
सयोजक झरेन्द्र कुमार श्रेष्ठ
कार्यक्षेत्र  फागुने बाट शिबमन्दिर हुँदै तल्लो बर डाँडा सम्म ताेकिएकाेमा हरेक शनिवार टाेलका उल्लेखनिय नागरिकहरुकाे उपस्थितिमा  आवश्यक्ता अनुसारकाेकाम हुने गरेकाे छ । साथै समाजकाे आवश्यक्ताअनुसारकाे श्रमदान नगर्ने घरलाई नियमानुसार चारसय जरिमाना गरिने समेत गरिएकाे अध्यक्ष आचार्यले बताए ।
वजेट सहितकाे निर्माणमा लुछाचुडी गर्ने वर्तमानकाे अवस्थामा श्रमदानकाे सस्कारलाई बिकासगरि टाेल निर्माणमा सहयाेग गर्ने यस्ता टाेल समितिहरुलाई सरकारले प्राेत्साहित गर्न सके नागरिकहरुले हरेक काममा बजेट खाेज्ने चलनकाे अन्तहुने र समाजकाे सद्भाव र विकास निरन्त हुनेछ यसमा जिम्वेवार निकायकाे ध्यान जान आवश्यक रहेकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *