प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्षमा इलामका पत्रकार तथा लेखक डा.देवी क्षेत्री दुलाल चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न १३औं राष्ट्रिय सम्मेलनले डा.दुलाललाई अध्यक्ष निर्वाचित गरेको हो भने उपाध्यक्षमा समीर सिंह र डा.अमृता शर्मा चयन भएका छन्। महासचिवमा झगीन्द्रप्रसाद ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरे र सचिवद्वयमा हरिप्रसाद घिमिरे तथा कुशल बोगटी चुनिएका छन् ।
कोषाध्यक्षमा कृष्ण सुवेदी छन् भने सम्मेलनले ४५ जनालाई केन्द्रीय सदस्य चयन गरेको अध्यक्ष डा.दुलालले जानकारी दिएका छन् ।