प्रभावकारी देखियाे हाते औजार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गाेविन्द पाैडेल

रोङ।
मजदुर अभावमा जाकिएकाे चिया किसानका लागि चिया टिप्ने हाते औजार प्रभावकारी देखिएकाे छ ।
पहिला हातले नै चिया टिपाई गर्ने किसानहरुकाे लागि बजारमा हालमा दुई प्रकार औजार आएपछि किसानहरु चिया टिप्न पनि औजारकाे प्रयाेग गर्न थालेका छन् औजारकाे प्रयाेग गर्दा हातले भन्दा बढि चिया टिप्न सकिने साथै छरिताे समेत हुने गरेकाे छ ।
हाल बजारमा चिया टिप्न विभिन्न कम्पनीको पेट्राेल वाट चल्ने र ब्याट्री जडित सानाे मेसिन चार्जएवल मेसिन पाईने गरेकाेमा चार्जएवल हाते मेसिन बढि प्रभावकारि देखिएकाे छ ।ईन्धन नचाहिने,भाईब्रेसन नआउने साथै एकजाले नै सजिलै चलाउन सकिने हल्का समेत रहेकाे साथै एदिनमा एकजाले एकसय पचास किलाेसम्म टिप्न सकिने हुदा आफू स्वय स्वराेजगार हुन सकिने राेङ ६ का चियाकिसान गिरिराज प्रधानले बताए ।
“मेसिनले टिपेकाे हरियाे चियालाई छान्नु समेछ पर्छ ।टिपि रहने हाे भने त धेरै टिपिन्छ आजकल मजदुर पाईदैन त्यसकारण अाफ्नाे बगानमा आफै टिप्न सकिन्छ ” चिया टिप्दै गरेका किसान बिनाेद घिमिरेले बताए ।
यता समस्या नै समस्या रहेकाे चियाकाे उचित मूल्य नहुदा सस्ताे मुल्यमा मजदुर पाउन छाडिसकेकाे छ ।सरकारले ताेकेकाे न्युनतम ज्याला दिने हाे भने सबै चिया बेच्दा पनि पुग्दैन फेरि त्यतिले चिया मजदुरकाे दैनिक जीवन पनि चल्दै यसकारण पनि पहिला चियामा काम गर्ने मजदुर भारत र तेश्राे देशहरु गईसके अहिले मजदुर पाईदैन राेङका गुरु किसान इन्द्र वगाले बताउछन् बरु मेसिनकाे प्रयाेग गर्याे आफै स्वराेजगार ।
चिया किसानहरुकाे लागि स्थानिय सरकार र सराेकार वलाहरुवाट खासै कुनै सहयाेग किसानहरुले पाएका छैनन् राेङ गाउँपालिकाले सिमित किसानहरुकाे लागि केही बर्ष अघि हाते औजार अनुदानमा वितरण गरेपनि त्यसकाे प्रभावकारीता,उपयाेगिता हालसम्म हेरेकाे छैन ।सिमित सख्या बितरण गरिएकाे कारण कतिपय चिया मजदुरीमा आश्रित र गरिव किसानहरुले पाएका छैनन् उनिहरुकाे दुखेसाे रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *