प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ। एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित ५० ओभरमा २५४ रन बनायो। कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए। यस्तै, अंकीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए।

बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसाम ढकालले तीन-तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक-एक विकेट लिए।

२२५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको एपिएफ क्लबले ४४.४ ओभरमा आठ विकेट गुमाएर जित हात पार्‍यो। एपिएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए। उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे। यस्तै, कप्तान रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इरशाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए।

बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन-तीन विकेट लिए भने ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक-एक विकेट लिए।

यस जितसँगै एपिएफ क्लबले प्रधानमन्त्री कपको उपाधि आफ्नो हात पार्न सफल भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *