इलामको फाकफोकथुम गाउँपालि बाट फरक क्षमता भएकी नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम फाकफोकथुम गाउँपालिकाका ३८ वर्षे साजन सुब्बा र सोही स्थानका ४१ वर्षे बुद्धिमान आङ्थुपो छन् ।
सुब्बा र आङ्थुपोले वैशाख ५ मा बालिकालाई हात बाँधेर बोल्न, कराउन नदिइ बलात्कार गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुवैलाई लुकीछिपी बसेको अवस्थामा इलामकै फुएँतप्पाबाट पक्राउ गरिएको डिएसपी मानबहादुर राईले बताए ।
दुवैलाई जिल्ला जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।