नयाँ वर्ष २०८२ सालमा नेपाली जनताले कुल ८८ दिन सार्वजनिक (सरकारी) बिदा पाउने भएका छन्। नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार यस वर्ष ५२ वटा शनिबार परेका छन् भने बाँकी ३६ दिन विभिन्न चाडपर्व र विशेष दिवसको अवसरमा बिदा तोकिएको छ।
दसैँ र तिहारको बेलामा मात्र जम्मा २८ दिन बिदा पर्नेछ। त्यस्तै गणतन्त्र दिवस लगायत विभिन्न राष्ट्रिय दिवसहरूमा ६ दिन बिदा पर्छ। यस्ता राष्ट्रिय बिदाहरूसँगै स्थानीय तहहरूले आफनै स्थानीय चाडपर्वको लागि थप बिदा दिने अधिकार समेत पाएका छन्।
मासिक बिदा विवरण
वैशाख
– ४ वटा शनिबार
– १ गते: नयाँ वर्ष
– १८ गते: मजदुर दिवस
– २९ गते: चण्डी पूर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व
जेठ
– ५ वटा शनिबार
– १५ गते: गणतन्त्र दिवस
असार
– ४ वटा शनिबार
– अन्य कुनै अतिरिक्त बिदा छैन
साउन
– ५ वटा शनिबार
– २४ गते: रक्षाबन्धन/जनैपूर्णिमा
– २५ गते: गाईजात्रा (काठमाडौं उपत्यकामा)
– ३१ गते: श्रीकृष्ण जन्माष्टमी (शनिबार)
भदौ
– ४ वटा शनिबार
– ७ गते: बुवाको मुख हेर्ने दिन (शनिबार)
– १० गते: हरितालिका तीज
– १५ गते: गौरा पर्व
– २१ गते: इन्द्रजात्रा
– ३० गते: जितिया पर्व
असोज
– ४ वटा शनिबार
– ३ गते: संविधान दिवस
– ६ गते: घटस्थापना
– १३–१८ गते: फूलपातीदेखि द्वादशीसम्म दसैँ बिदा
कात्तिक
– ५ वटा शनिबार
– ३–७ गते: तिहार बिदा
– १० गते: छठ पर्व
– २५ गते: फाल्गुनन्द जयन्ती
मंसिर
– ४ वटा शनिबार
– १७ गते: धान्य पूर्णिमा, उधौली, योमरी पुन्हि, अपांगता दिवस
– १८ गते: ज्यापु दिवस
पुस
– ४ वटा शनिबार
– १० गते: क्रिसमस
– १५ गते: तमु ल्होछार
– २७ गते: पृथ्वी जयन्ती
माघ
– ४ वटा शनिबार
– १ गते: माघी पर्व
– ५ गते: सोनम ल्होछार
– ९ गते: सरस्वती पूजा
– १६ गते: सहिद दिवस
फागुन
– ५ वटा शनिबार
– ३ गते: महाशिवरात्रि
– ६ गते: ग्याल्पो ल्होसार
– ७ गते: राष्ट्रिय प्रजातन्त्र दिवस
– १८ गते: हिमाली/पहाडी होली
– १९ गते: तराई–मधेस होली
– २४ गते: अन्तर्राष्ट्रिय महिला दिवस
चैत
– ४ वटा शनिबार
– ४ गते: घोडेजात्रा (काठमाडौं उपत्यकामा)
– १३ गते: रामनवमी
२०८२_सालको_सार्वजनिक_बिदा_सम्बन्धी आधिकारिक विवरण