गाेविन्द पाैडेल
राेङ
रैथाने वाली लाेप हुँदै जादा ईलामे काेशेली काली काक्रा पनि नक्कली हुन थालेकाे छ ।
ईलाममा पहिलाे पटक ब्यवसायिक रुपमा खेति गरिदै आएकाे अतन्तै स्वादिलाे स्थानीय जातकाे काली काक्राे धेरै र छिटाे उत्पादन लिन उस्तै प्रकार र रङमा देखिने विदेशबाट आयतित बर्णशकर (हाईब्रेड) जातमा भित्रिएपछि रैथाने जातकाे काली काक्राे नक्कली बनेकाे हाे ।हेर्दा स्थानिय जातमा उस्तै रहेकाे छ तर हरेक आख्लामा फल लाग्ने र छिटाे साथै रैथाने जाकाे जति बाेट नहुने र एउटा थाङ्राेमा टमाटरलाई जस्तै लहराे बाधेर छिटाे र थाेरै समयमा फलाउन हुदा किसानहरूले यसलाई रुचाउन थालेका हुन् ।तराईकाे खिर्राे जस्तै फलाउन सकिने यसकाे स्वाद भने अलि खल्लाे र टाेक्दा स्थानीय जात जस्ताे लसकदार नभई करक करक हुने पाईन्छ ।
ईलामकाे सुर्याेदय ६काे तारगाउवाट करिव दुई दशक अघिवाट ब्यवसायिक रुपमा गरिदै आएकाे रैथाने जातकाे कालि काक्राे जेठदेखि असाेजसम्म फल्ने गरेकाे छ भने नेपालकाे प्राय पहाडी जिल्लाहरुमा बिस्तार भई सकेकाे छ ।गर्मीकाे सारथी काक्राेलाई सलाद,तरकारी र अचारकाे परिकारसँगै त्यसै कर्याककर्याक खाईन्छ ।मेचि राजमार्गकाे सडक पसलमा प्राय बेच्न राखिने याे काक्राे ईलाम बाट अन्यत्र बाहिरिनेहरुकाे लागि काेशेली बन्ने गरेकाे छ ।
ईलामकाे राेङमा अत्याधिक खेती गरिने रैथाने काली काक्राेवाट यहााकाे किसानहरुले लाखाै रुपैया भित्राउने गरेका छन् । यहाँ उत्पादिक रैथाने काली काक्राे मेचि राजमार्गका सडक पसल ।झापाका विभिन्न बजार काठमाण्डु साथै भारतकाे नक्शनलबाडी,बागडुग्रा र सिलीगुडी सम्म पुग्ने गरेकाे छ ।