दैलेखको दुल्लु नगरपालिका–६ बस्ने १८ वर्षीय गगन खड्काको चट्याङ लागेर निधन भएको छ।
शनिबार पानी परेपछि भैसीहरू सार्ने क्रममा चट्याङ टाउकोमा लाग्दा उनी बेहोस भएका थिए। तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।