देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न स्थानहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतः सफा देखि आंशिक बदलीको अवस्था देखिनेछ।

दिउँसोको मौसम
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी पहाडी भू-भागका केही स्थानहरू तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

रातिको मौसम
रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। ती प्रदेशहरूका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

सावधानी अपनाउन आग्रह
महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सबैमा अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *