हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश, र बागमती प्रदेशमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम मुख्यत: सफा रहनेछ।
कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।
अपरान्हको समयमा कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ। यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।