हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा पनि थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
देशका धेरै स्थानहरूमा लामो समयदेखि वर्षा नहुनुका कारण सुख्खापन, आगलागी तथा वायू प्रदूषण बढ्ने सम्भावना रहेकोले स्वास्थ्य, जनजीवन, कृषि, सडक र हवाई यातायातमा असर पर्न सक्ने महाशाखाले चेतावनी दिएको छ।
साथै, सम्भावित असरबाट बच्न आवश्यक सतर्कता तथा सुरक्षात्मक उपाय अपनाउन पनि अनुरोध गरिएको छ।