दुई समूहबीच झगडा हुदाँ खुकुरी प्रहार बाट एकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कालीकोट जिल्लाको   खाँडाचक्र नगरपालिका–१० मा एक किशोरको हत्या भएको छ ।

गत बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् ।

झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ परेका पाँचै जना १८ वर्षमुनिका रहेका प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *