त्रिभुवन विमानस्थलमा दुर्व्यवहार: तीन प्रहरीमाथि अनुशासनात्मक कारबाही

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरीमाथि कारबाही गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने ती प्रहरीलाई कारबाही गरिएको जनाएको छ।

उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिएका छन्।

दुबईबाट ३१ चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए।

उनीमाथि प्रहरीले गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। १० दिनको बिदामा काठमाडौँ आएर विमानस्थल बाहिर निस्कँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौज गरेका ओझाले बताएका छन्।

ओझाका अनुसार ती व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए। तर, प्रहरीले उल्टै उनीमाथि थप दुर्व्यवहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *