डिभोर्स दौडमा अरुणिमा लम्साल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
युवराज चाहँदैनन् डिभोर्स, अरुणिमाले गरिन् ‘फोर्स’

नेपाली सेलिब्रिटी वर्ल्डमा अहिले नयाँ ट्रेन्ड चलेको छ— गायिका एलिना चौहानले ९ महिनामै वैवाहिक सम्बन्ध टुंग्याएर सबैलाई चकित पारेकी थिइन्। तर अब अभिनेत्री अरुणिमा लम्सालले त्यो रेकर्ड तोड्ने सुरसार गरेकी छन्।

अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमा केही दिन अघि मात्र नेपाल आएकी थिइन्। बाहिर हेर्दा त ‘घर: बट इन अमेरिका’ फिल्मको प्रमोसन भनेर आएकीजस्ती लागे पनि भित्रभित्रै डिभोर्सको काम निबट्याउन आएको रहस्य खुलेको छ।

उनले आफ्ना श्रीमान् युवराज श्रेष्ठविरुद्ध डिभोर्स मुद्दा दायर गरिसकेकी छन्। अमेरिकी नागरिक भइसकेकी अरुणिमाले नेपालमा सिधै मुद्दा हाल्न नपाउने भएकाले उनले वारेसमार्फत कानुनी प्रक्रिया अघि बढाएकी हुन्।

चोटको कथा: छोटो चिनजान, छिटो विवाह, अझ छिटो टाढिन खोज

गत भदौ, अरुणिमा नेपाल छुट्टी मनाउन आएकी थिइन्। त्यहीबेला आफन्तमार्फत कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाहको प्रस्ताव आयो। केही दिनको चिनजानमै उनीहरूले राम मन्दिरमा धुमधामले बिहे गरे।

तर… त्यो बिहे लामो टिकेन। अरुणिमा विवाहपछिको केही दिनमै अमेरिका फर्किइन्। न त श्रीमान्‌को घर भित्रिइन्, न त वैवाहिक जीवनको अनुभव गर्न पाइन्। युवराजले वैशाखमा उनलाई नेपाल बोलाएर घर भित्र्याउने भनेका थिए, तर अब त्यो सपना अधुरै रहने देखिएको छ।

अरुणिमाको आरोप छ, “विवाहअघि उहाँको मात्र राम्रो कुरा सुनिन्थ्यो, विवाहपछि चाहिँ नराम्रो मात्र। ढाँटिएको कुरा मात्र बाँकी रह्यो।”
उनको थप भनाइ छ, “झूटको जगमा जीवन बनाउँछु भन्ने सोचेको थिइनँ। त्यसैले यो निर्णय लिएँ।”

लामो दूरीको प्रेम, छोटो दूरीको भरोसा अनि तुहिएको सपना!

अरुणिमा र युवराजबीच विवाहपछि अमेरिका सँगै बस्ने योजना पनि बनेको थियो। युवराज त्यसका लागि तयार थिए। तर, अमेरिका पुगेपछि अरुणिमाले श्रीमानबारे अनेक कुरा थाहा पाउँदै गइन्—जसले उनका सपनालाई चकनाचुर बनायो।

अब हेर्न बाँकी छ—के अरुणिमाले एलिनाको ९ महिनाको रेकर्ड तोडेर “सबैभन्दा छिटो डिभोर्स गर्ने नेपाली सेलिब्रिटी”को उपाधि हात पार्नेछिन् त?

समयले जवाफ दिनेछ, तर यतिबेला सेलिब्रिटी संसार भने यो अप्रत्याशित ‘डिभोर्स लीग’ले तातिएको छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *