ज्योति माविमा व्यवस्थापन समिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सूर्याेदय नगरपालिका-१३ मा रहेको ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । प्रेम राइलाइ अध्यक्षमा चयन गर्दै  ११ सदस्यीय समिति सर्वसम्मत तवरले गठन गरिएको हो ।

गत फागुन १८ को अभिभावक भेलाबाट समितिमा प्रेम राई, पूर्णबहादुर राई, निर्मला राई र गीता राई छनोट भएका थिए । धनबहादुर राईलाई नगरले छनोट गरेको थियो भने वडाले आफ्नो प्रतिनिधि सदस्यका रूपमा प्रवीन बिसीलाई पठाएको थियो ।

शिक्षक-अभिभावक संघ अध्यक्ष सोम कट्टेल पनि पदेन सदस्य छन् । प्रधानाध्यापक दीपक पौडेल सदस्य–सचिव रहनेछन् भने शिक्षक प्रतिनिधिबाट शारदा आचार्य सदस्य छानिएकी छिन् । निर्मला मैनाली पनि सदस्य छिन् ।

विद्यालय व्यवस्थापन समितिमा वडाका प्रतिनिधि, शिक्षक–अभिभावक संघ अध्यक्ष, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि अध्यक्ष हुन नपाउने व्यवस्था छ । ज्येष्ठ नागरिक तथा वडाका पूर्वअध्यक्ष पूर्वशिक्षक धनबहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । समितिका निवर्तमान अध्यक्ष दिनानाथ मिश्रले हालसम्म विद्यालयमा भएका संक्षिप्त गतिविधि प्रस्तुत गरेका थिए ।

वडाका प्रतिनिधि प्रवीन बिसीले विद्यालयलाई गुणस्तरीय शिक्षा र असल आचरणको केन्द्र बनाउनुपर्ने बताएका थिए । शिक्षामा राजनीति र कुनैपनि गुट हुन नहुने उनले बताए । ‘भविष्य खोज्दै हिँडेका कर्णधारहरूको भविष्य कसैको व्यक्तिगत स्वार्थका कारण धरापमा पर्नसक्छ,’ उनले भने, ‘यसो हुन नदिन सबैले जिम्मेवार ढंगले कर्तव्य र दायित्व पालना गर्नुपर्छ ।’

कार्यक्रमका सभाध्यक्ष धनबहादुर राईले अब शिक्षामा कसैले पनि लालच देखाउन नहुने बताए । ‘हामीले दिएको असल गुणले असल विचारले अरू मानिसले सिक्ने अवस्था नै हाम्रो असल आचरण हो । त्यसैले, आज बनेको  व्यवस्थापन समितिका अध्यक्षले जिम्मेवारीसाथ आफ्नो काम र कर्तव्य निष्ठापूर्वक पालना गर्नेमा विश्वस्त छु,’ उनले भने, ‘यो स्कुललाई नमुना बनाउनेतिर लाग्नुपर्छ ।’ प्रधानाध्यापक दीपक पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसलगत्तै, शिक्षक–अभिभावक संघको पूर्ण बैठक पनि सम्पन्न भएको छ । सोम कट्टेलको अध्यक्षतमा आठ सदस्यीय संघ गठन गरिएको थियो । संघमा शिक्षक प्रतिनिधि दीपा भट्टराई चयन भइन् । पूर्णबहादुर राई, अञ्जु राई सुब्बा, चेतन गौतम, पम्फादेवी दर्नाल, संगीता राई र गीता आचार्य सदस्य छन् ।

आज भएको पहिलो भेलामा वैशाख २ देखि ९ सम्म संघ, व्यवस्थापन समिति र शिक्षकहरू विद्यार्थी भर्नाका लागि घरदैलो कार्यक्रममा जाने निर्णय पनि भएको छ ।

स्कुलको मासिक गतिविधि समेटेर क्यालेन्डर निर्माण गरिने भएकाले शिक्षक–अभिभावक संघको तर्फबाट आवश्यक एजेन्डा पेस गर्नेलगायत विषयमा छलफल गरिएको शिक्षक प्रतिनिधि दीपा भट्टराईले बताइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *