चार देशीय सिरिजमा तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालले आज चार देशीय टी-२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार अपराह्न १२:४५ बजे सुरु हुनेछ।

यस सिरिजमा नेपालले ६ खेलमध्ये २ खेलमा जित हासिल गरेको छ भने ४ खेलमा पराजित भएको छ। नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक-एक खेलमा पराजित भएको थियो। तर, नेपालले आयोजक युगाण्डा र हङकङलाई एक-एक खेलमा पराजित गर्न सफल भएको थियो।

अब तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्नेछन्। हङकङ तेस्रो स्थानमा रहेको छ भने नेपाल अन्तिम स्थानमा छ। दुवै टोली यो खेल जितेर सिरिजलाई राम्रोसँग टुंग्याउने लक्ष्यमा हुनेछन्।

त्यस्तै, फाइनल खेलमा शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *