प्रहरीको गोली उत्तर प्रदेशमा लाग्दा एक नेपाली युवा घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चलाएको गोली लागेर एक नेपाली युवा घाइते भएका छन् ।

गएको सोमबार राति भएको घटनामा तिलक थापा उर्फ टीलु पहाडी घाइते भएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार, नेपालमा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहमाथि छापा मार्ने क्रममा उनको खुट्टामा गोली लागेको हो

स्वाट र देवाका प्रहरी टोलीले थापासहित दुई भारतीय नागरिक मो. साजिद अन्सारी र मो. खुर्शीदलाई नियन्त्रणमा लिएको छ । अहिले घाइते थापाको अस्पतालमा उपचार भइरहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *