घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवर रहेका छन् ।
चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।