गत आव २०७९/८० सम्म कुल एक हजार १८६ दर्ता भएका एफएम रेडियो दर्ता गरेर नियमित प्रसारणमा ७१४ वटा थिए । आव २०८०/८१ मा एक हजार १९३ दर्ता भएकामा ७२२ वटा मात्रै रेडियो नियमित प्रसारणमा थिए । चालु आवको पुससम्म कुल एक हजार १९८ वटा एफएम रेडियो दर्ता भएकामा ७३१ वटा मात्रै नवीकरण भएर नियमित प्रसारणमा भएको विभागले जनाएको छ ।
यस्तै आव २०७९/८० मा कुल २४३ टेलिभिजन दर्ता भएकामा १०२ वटा मात्रै नियमित प्रसारण भएका थिए । आव २०८०/८१ मा कुल २४५ टेलिभिजन दर्ता भएकामा नियमित सञ्चालनमा १०६ वटा थिए । चालु आवको पुस मसान्तसम्म २४७ वटा दर्ता भएकामा नियमित सञ्चालनमा १०८ टेलिभिजन रहेको विभागले जनाएको छ ।
देशैभर दैनिक पत्रिकाको सङ्ख्या आव २०८०/८१ सम्म कुल ७६६ दर्ता भएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७७१ दर्ता भएका छन् । गत आवमा दुई हजार ९८७ वटा साप्ताहिक पत्रिका दर्ता भएकामा चालु आवको पुस मसान्तसम्म दुई हजार ९९१ वटा मात्र दर्ता भएका छन् ।