गजल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

यो झिलीमिलीअनि सुखद सौम्य प्रहर छ
हाम्रो सम्बन्धमा फाटो पार्ने त्यो शहर छ

लासको घाँटीमा पैसाको माला देखेपछि
गरिबको बच्चालाई पनि मर्ने रहर छ

फूलबारीको फूललाई के मन्दिर के बगैंचा
कैलै मलामी त कहिले पूजामा लाने लहर छ

आज हिसाब गरू दिलको क्षति भएछ
तिमीले मलम रोजे मेरो लागि जहर छ

सधैं राम्रो भएर जिउने चाहनाको बिचमा
यत्ति सम्म झर्ने न थाहा थियो न खबर छ।।
ग्याल्जेन शेर्पा `सालाका
सूनपा ७ कन्याम (ईलाम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *