खरबुजा बाट दैनिक १२ हजारसम्म कमाउदै किसान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए । उनले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिए ।

धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक/दुई दिन बिराएर बिक्री गर्ने गरेको छु”, उनले भने ।

लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजाखेती गर्दै आउनुभएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताए ।

उनले दिनमा रु चार हजारदेखि रु सात हजारसम्म आम्दानी हुने जानकारी दिँदै दैदिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गरे ।

“उत्पादनको सुरुमा रु ४० देखि रु ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ”, उनले भने ।

किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजाखेती    बाट मनग्ये आम्दामी  गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *