जनपक्षीय पत्रकार तथा कवि इच्छुकको सम्झनामा विभिन्न कार्यक्रम गरिदैं

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कवि, पत्रकार, साहित्यकार एवं एक निष्ठावान् व्यक्ति कृष्णसेन इच्छुकको  २३ औ   स्मृति  दिवस  आज बिभिन्न कार्यक्रम गरि मनाइदैछ । जनपक्षीय पत्रकारहरुको अग्रणी संगठन प्रेस सेन्टर नेपालले आज दैशै भर विभिन्न कार्य गरि इच्छुकको सम्झना गर्दैछ।

संगठनका महासचिव मनोज घर्ती मगरका अनुसार प्रेस नोट नै जारी गर्दै केन्द्र ,प्रदेश तथा महाततका जिल्लाहरुमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

काठमाडौमा रहेको  बिजुलीबजार कृष्टल पार्टी भेन्यूमा बिहान ११ बजेबाट कार्यक्रम शुरु हुनेछ ।पहिलो चरणमा प्रेस सेन्टरु इच्छुक बारे  तयार पारेको भिडियो सामाग्री प्रसारण गर्ने छ भने दोस्रो चरणमा पीसीएन संवाद हुने र उक्त संवादमा गणतन्त्र र समाजवादको यात्रा र कृष्णसेन र जनपक्षीय पत्रकारितामा आधारित रहि वत्ताहरु सँग विचार विमर्श हुने बताइएको छ।

उक्त कार्यक्रममै प्रेस सेन्टरले प्रदान गर्ने पुरस्कार समेत घोषणा गरिनेछ।

इच्छुकको स्म‌ृतिमा इलाममा पनि कार्यक्रम

प्रेस सेन्टर जिल्ला कार्यसमिति इलामले पनि आज राहसल बाल अनाथालयमा कार्यक्रम गर्दैछ केन्द्रको परिपत्र अनुसार इच्छुक माथि डकुमेन्ट्री समेत निर्माण हुने संगठनका अध्यक्ष नमीन ढकालले बताएका छन्।

 

२०१३ कात्तिक २ गते पिता यामबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट उनका पीता भारतमा जागिरे रहदाँ  इच्छुकको जन्म भएको थियो । ६ वर्षसम्मको उनको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो ।

उनले कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा रहेको श्री आदर्श माविमा पढे । त्यसपछि दाङ जिल्लाकै लालमटियास्थित सरस्वती हाइस्कुलबाट २०३२ सालमा एसएलसी उत्तीर्ण गरे । पढ्ने चाहना हुँदाहुँदै गरिबीका कारण उनी एसएलसीपछि कोइलाबासमा भएको साल्ट ट्रेडिङको कार्यालयमा काम गरे । काम गर्दागर्दै भारतबाट प्राइभेट परीक्षा दिएर आईए उत्तीर्ण गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट बीएड गरी एमएमा भर्ना भएका थिए, तर जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा उनले एमए पूरा गर्न सकेनन् ।उनले   २०४८ सालमा तक्मा केसीसँग बिबाह गरे उनीहरूका एक छोरी रहेका छन् ।

स्कुल पढ्दादेखि नै जनताको पक्षमा गरिने राजनीतिक विचारधाराको  प्रभावमा परेका उनले  २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका सेनले २०३७ सालदेखि दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए ।

त्यस्तै २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति’ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका उनले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा ‘शोकाञ्जलि’ काव्य लेखे, जुन २०४८ सालमा प्रकाशित यो उनको पहिलो कृति रहेको छ ।

उनको जेल जीवनका क्रममा लेखिएका  इतिहासको यो घडीमा, बन्दी र चन्द्रागिरी, शोकाञ्जलि लगायत झन्डै आधा दर्जन कृति प्रख्यात छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार ग¥यो । जेलको कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भए । क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा सक्रिय सेन २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे पाँच वर्ष जेलमा थुने, उनी २०४४ सालमा मात्र जेलबाट छुटे ।

उनी ०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक,    २०४६ सालमा कम्युनिस्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय ब्युरोको सेक्रेटरी हुँदै उनी संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भए । अखिल नेपाल जनसांस्कृतिक सङ्घको अध्यक्ष, प्रगतिशील लेखक सङ्घको केन्द्रीय पार्षद, पत्रकार महासङ्घ पार्षद, दक्षिण एसियाली पत्रकार सङ्घको सदस्य र जनअधिकार सरोकार अभियानका सदस्य समेत भए ।

बन्दुक भन्दा शक्तिशाली हतियार कलम लाइ बनाएर हिड्ने प्रगतिवादी कवि, जनपक्षीय पत्रकार तथा निष्ठावान् राजनीतिकर्मी सेन तीसको दशकदेखि कम्युनिस्ट विचार तथा दर्शनबाट प्रभावित थिए । माओवादी सशस्त्र विद्रोहका बेला तत्कालीन नेकपा (माओवादी)को मुखपत्र जनादेशका सम्पादक रहेका इच्छुक बहुप्रतिभाशाली थिए । दुःखी–गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक, युद्धमोर्चाका पत्रकार, जनयुद्धका योद्धा, राजनीतिक विचारक तथा सशक्त मानव अधिकारवादी उनका परिचय हुन् ।

जनताका पक्षमा लड्ने मुक्तियोद्धालाई निरङ्कुश शाही शासनले देखिसहेन । परिणामस्वरूप पटक–पटक गरी दश वर्षसम्म उनलाई जेलमा यातनापूर्वक थुनियो । अन्त्यमा २०५९ जेठ ६ गतेका दिन उनलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो,  अमानवीय ढङ्गले यातना दिएर २०५९ जेठ १३ गते हत्या गरियो उनका हत्याराहरु खुलेआम हिडिरहेका छन हत्यारालाइ कार्वाही हुनु पर्ने माग भनेे निरन्तर उठिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *