काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा सौहार्द पूर्ण वातावरणमा नाँच गान र रमाइलो तवरले आन्दोलनरतले अवस्थामा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेको घटना बाहिरिएको छ। शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयका शिक्षक हुन्। काठमाडौँ प्रहरीका अनुसार उनी पनि आन्दोलनमा सहभागी भएका शिक्षक हुन्। काठमाडौँ प्रहरीका प्रवक्ता अपीलराज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीले छुटाएरा लगेको सार्वजनिक भिडिओमा देखिएको छ।
आपसी विवादमा घटना भएको सुनिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।