कुकुरले ल्यायो बेपत्ता व्यक्तिको टाउको

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मीमा दुई महिनादेखि हराइरहेका एक व्यक्तिको टाउको कुकुरले गाउँमा ल्याएको छ । कुकुरले मृतकको टाउको गाउँमा ल्याएपछि ती व्यक्तिको मृत्यु भएको खुलेको हो ।

सोमबार राति करिब साढे ९ बजेतिर गुल्मी दरबार गाउँपालिका–६ बेलपोखरी बस्ने ५५ वर्षीय रतन शाहीको अस्थिपञ्जर फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार उनी दुई महिनादेखि बेपत्ता थिए । मंगलबार बिहान प्रहरीले टाउको भएको स्थानभन्दा ५०० मिटर पर कंकाल फेला पारेको हो । त्यहाँ कपडाहरू पनि फेला परेका थिए ।

त्यही कपडाको आधारमा रतनका छोरा केहरसिंह शाहीले सनाखत गरेको प्रहरीले जनाएको छ । मृतक दुई महिनादेखि बेपत्ता थिए । उनी घरमा एक्लै बस्ने गरेको र मानसिक अवस्था पनि सामान्य नभएको प्रहरीले जनाएको छ । रतनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ भने घटनाबारे थप अनुसन्धानका लागि इन्सपेक्टर भुपेन्द्र थापाको कमाण्डमा प्रहरी खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *